उबरले ५० हजार टेस्लाका कार भाडामा दिने – Nepal Press

उबरले ५० हजार टेस्लाका कार भाडामा दिने

काठमाडौं । अमेरिकी चर्चित मोबिलिटी सर्भिस प्रोभाइडर उबरले ५० हजार टेस्ला कार भाडामा दिने भएको छ । सन् २०२३ सम्ममा उबरले ५० हजार विद्युतीय कार भाडामा दिने लक्ष्य लिएको छ ।

नोभेम्बर १ देखि लागु हुने नयाँ योजनाअनुसार उबरले लस एन्जलस, सान फ्रान्सिस्को, सान डिएगो र वाशिङ्टन डिसीमा उबर ड्राइभरले कार भाडामा पाउने छन् । संयुक्त राज्य अमेरिकाभर त्यसपछिका हप्ताहरूमा पनि यो सुविधा उपलब्ध हुने मासबेलले लेखेको छ ।

यो समाचार हर्ट्जको उत्तर अमेरिकामा १ लाख टेस्ला कार निर्माणको अर्डरबाट आएको मासबेलले उल्लेख गरेको छ । सम्पूर्ण कार सन् २०२२ को अन्त्यसम्म डेलिभरी हुने आशासमेत गरिकएको समाचारमा उल्लेख छ ।

पछिल्लो समय विश्वभर नै विद्युतीय कारको क्रेज बढिरहँदा उबर पनि यसतर्फ आकर्षित भएको हो । नेपालमा पनि पछिल्लो समय विद्युतीय कारको लोकप्रियता बढिरहेको छ । यस्तै, नेपाली बजारमा पनि टेस्लाको बिक्री सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर