साफ च्याम्पियनसिप: नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

साफ च्याम्पियनसिप: नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ च्याम्पियनसिपको तेस्रो खेलमा भारतको सामना गरिरहेको नेपालले पहिलो हाफ गोलरहित बराबरी खेलेको छ ।

माल्दिभ्समा जारी प्रतियोगिताका सुरुआती दुई खेलमा जित निकाल्दै फाइनल प्रवेशको सम्भावना प्रवल बनाएको नेपालले छिमेकी प्रतिद्वन्दी भारतविरुद्धो पहिलो हाफमा बराबरी खेलको हो ।

माल्दिभ्सको मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको खेलमा नेपालसँगै भारतले पनि गोलका हाफ चान्स बनाए पनि स्पष्ट मंका बनाउन सकेका छैनन् ।

भारतले बल पोसेसन होल्ड गर्र बिल्ड अपमा गोल गर्ने कोसिस गरिरहेको छ भने नेपालले काउन्टर अट्याकमा भारतको रक्षापंक्ति छिचोल्ने कोसिस जारी राखेको छ ।

पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० तथा दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको नेपालले आजको खेलमा जित हासिल गरे फाइनलमा स्थान बनाउने छ ।

तर, भारतलाई भने प्रतिस्पर्धामा रहिरहनका लागि आजको खेलमा कम्तीमा बराबरी गर्नुपर्ने बाध्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर