क्रान्तिकारीको अध्यक्ष नपाएका विद्यार्थी नेता आजैबाट माओवादीको केन्द्रीय सदस्य – Nepal Press

क्रान्तिकारीको अध्यक्ष नपाएका विद्यार्थी नेता आजैबाट माओवादीको केन्द्रीय सदस्य

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वबाट बिदा भएका ६ जना नेता आजैबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षका दाबेदार नेताहरूलाई आइतवार बिहान बोलाएर यो निर्णय तत्कालै कार्यान्वयन हुने बताएको क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि बस्नेतसहित दीपक देवकोटा, विजय गौतम, तिलक भण्डारी र उत्तम अधिकारी पनि दाबेदार थिए । तर, अध्यक्ष प्रचण्डले यसपटक पञ्चा सिंहलाई अध्यक्ष बनाउने भन्दै बाँकी नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।

प्रचण्डले भनिसकेको र अब औपचारिक प्रक्रियाबाट उनीहरू पार्टीको केन्द्रीय सदस्यका हैसियतमा क्रियाशील हुनेछन् । त्यस्तै अखिल क्रान्तिकारीको अध्यक्षबाट बिदा भएका रञ्जित तामाङ पनि माओवादी केन्द्रीय सदस्य हुने भएका छन् ।

अध्यक्षका अर्का दाबेदर दिपेश पुन महासचिव बन्न खोजेका छन् । महासचिवको दावी छाडेमा उनलाई पनि यही लटमा पार्टीको केन्द्रीय सदस्य बनाइने भएको छ । महासचिवका लागि पवन कार्की र जीपी मैनालीलगायतको पनि दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर