मन्डेकाजी र मुकुन्द्र चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते खेल्न जर्मनी जाने – Nepal Press

मन्डेकाजी र मुकुन्द्र चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते खेल्न जर्मनी जाने

काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप खेल्न बिहीबार जर्मनी जाने भएका छन् ।

अक्टोबर २ मा हुने प्रतियोगिताको पुरुष एकल कातातर्फ मन्डेकाजी तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कांस्य जितेका थिए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले बुधबार बिदाई गरे ।

सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वास लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरे । साकिरले खेलाडीको खाना, बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *