शोभित, शिव र भुवनको सल्लाहमै ‘महानायक’ विवाद झिकिएपछि सलोन असन्तुष्ट ! – Nepal Press

शोभित, शिव र भुवनको सल्लाहमै ‘महानायक’ विवाद झिकिएपछि सलोन असन्तुष्ट !

आफ्नो लगानीको फिल्म ओझेलमा परेको गुनासो

काठमाडौं । यसैसाता राजधानीमा फिल्म ‘डाँडाको बरपीपल’को गीत रिलिज गर्न प्रेसमिट आयोजना भएको थियो । सलोन बस्नेतको निर्माण र उनका बुवा शोभित बस्नेतको निर्देशन मात्र हैन, शिव श्रेष्ठ र भुवन केसीले धेरैपछि एकसाथ अभिनय गरेकाले पनि चर्चा थियो ।

यो फिल्मको प्रचारप्रसारका लागि कुनै मसलाको कमी थिएन तर भैदियो उल्टो । नसोचेको विवाद सिर्जिएपछि फिल्मको मुख्य कार्यक्रम नै ओझेलमा पर्‍यो । भुवन र शिवले महानायक र महानायिका विवाद झिकेपछि फिल्मको मूल कुरो विषयान्तर भैदियो ।

आफैले लगानी गरेको फिल्म महानायक विवादले ओझेलमा परेपछि यतिबेला सलोन असन्तुष्ट छन् । उनी बुवा शोभितप्रति रुष्ट छन् । नेपाल प्रेससँग कुरा गर्दै सलोनले अनावश्यक कुरा उठाएर फिल्मलाई ओझेलमा पारेपछि आफू दुःखित भएको बताए ।

स्रोतका अनुसार निर्देशक बस्नेत, भुवन केसी र शिव श्रेष्ठले सल्लाह गरेरै महानायक र महानायिका विवाद झिकेका थिए । उनीहरुले कार्यक्रम अघिदेखि नै यस्तो सल्लाह गरेको स्रोत बताउँछ । फिल्मलाई चर्चामा ल्याउन उनीहरुले यस्तो गरेपनि उल्टै फिल्म ओझेलमा परेपछि सलोनले चित्त दुःखाएका हुन् ।

सलोनले डाँडाको बरपीपललाई आगामी दशैं फूलपातिमा रिलिज गर्ने तयारी गरेपनि हल खुल्ने तत्काल सम्भावना देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर