एमाले समेतको सहयोगमा शोक प्रस्ताव सर्वसम्मतिले पारित – Nepal Press

एमाले समेतको सहयोगमा शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाको कारवाहीमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले शोक प्रस्ताव पारित गर्न भने सहयोग गरेको छ।

एमालेकै सहयोग संविधानसभाका सदस्यद्वय जेबी टुहुेरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।

संसदका अन्य कारवाहीमा नाराबजी गरिरहेका एमाले सांसदहरुले शोक प्रस्ताव आउँदा भने सर्मथन जनाएका थिए। उनीहरुले कुनै विरोध नगरेपछि सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव सर्वसम्मतीले पारित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर