सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज (भिडियो) – Nepal Press

सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज (भिडियो)

काठमाडौं । मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ।

भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ ।

उनले कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताए ।

विभाग प्रमुख गजुरेलले भने, ‘यो भवनको अवस्था दक्षिणपटि म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ,  २०७२ देखि हामी त्यहाँ छिर्न सकेका छैनौँ, त्यहाँ धेरै ठूलो धाँजा छ, २०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टीकर टाँसिएको थियो, केही समय यसलाई पूरै छोडेर सरस्वती सदनमा दुःखका साथ सञ्चालन गरेका थियौँ, तर केही सीप नलागेपछि हामी यता सरेका हौँ, तर अहिलेसम्मको स्थितीमा कुनै पनि जिर्णोद्धार भएको छैन, माथिबाट ढुङ्गा खस्छ, विद्यार्थी, शिक्षक र कर्मचारीहरुको सुरक्षाको लागि धेरै जोखिम मोल्नुपरेको छ, यो बाध्यात्मक कुरा हो ।’

विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताए । उनले २०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुखद भएको सुनाए ।

नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बउनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर