यस्तो छ कांग्रेसको १० बुँदे सहमति, कार्यान्वयनको जिम्मा ५ नेतालाई (प्रतिवेदनसहित) – Nepal Press

यस्तो छ कांग्रेसको १० बुँदे सहमति, कार्यान्वयनको जिम्मा ५ नेतालाई (प्रतिवेदनसहित)

काठमाडौं । लामो समयदेखि अड्किएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद हिजोदेखि सहमतिमै टुंगिएको छ ।

क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई हिजो साँझ प्रतिवेदन बुझाएसँगै कांग्रेसमा निर्वाचनको सरगर्मी बढेको छ ।

देउवानिवास बूढानीलकण्ठमा पूर्वमहामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

यो पनि पढ्नुहोस् :

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

समितिले धनुषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुनेछ ।

सिटौला नेतृत्वको समितिले गरेको सहमतिका आधारमा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार प्रदेश १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरे तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर