नेपाली नागरिक समाजले दलसँग जोडिनु भएन : बेलायती राजदूत – Nepal Press

नेपाली नागरिक समाजले दलसँग जोडिनु भएन : बेलायती राजदूत

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालका नागरिक समाजहरु दलहरुसँग आवद्ध हुन नहुने बताएका छन् ।

मण्डिखाटारमा रहेको सर्वांगीण विकास अध्ययन केन्द्रले आयोजना गरेको आइडिएटिङ बहस श्रृंखलामा काठमाडौं पोस्ट पूर्वप्रधान सम्पादक अखिलेश उपाध्यायसँग संवाद गर्दै राजदूत फेनले नेपालका नागरिक समाज ध्रुवीकृत भएको भन्दै भने, ‘नेपाली नागरिक समाजले बेलायतबाट सिक्न सक्छन् ।’

राजदूत फेनले नेपालमा रहेको बेलायती राजदूतावास भूराजनीतिको लागि नभएको भन्दै नेपालमा भने भूराजनीति भएको बताए । नेपालमा छिमेकी देशहरुबाट पर्ने स्वभाविक प्रभावलाई आफूहरुले नकरात्मक नलिने समेत राजदूत फेनले बताए । बेलायती र नेपालीको जनस्तरको सम्बन्ध बलियो र प्राङगारिक भएको भन्दै उनले दुई देशका विश्वविद्यालयहरुले थप प्रभावकारी सहकार्य गर्न सक्ने बताए ।

आफू इण्डोनेसियामा काम गरेर आएको भन्दै इण्डोनेसियामा जस्तै नेपालमा पनि दुई देशका विश्वविद्यालयहरुको सहकार्यमा नेपालीहरुले फाइदा लिन सक्ने बताए । दर्शकदीर्घाबाट आएको नेपालको ग्रेटर नेपाल मुद्दाबारेमा पनि राजदूत मुखर भए ।

उनले यसलाई इतिहास भन्दै त्यसलाई पुनः ब्यूँत्याउनु भनेको घडीलाई उल्टो उघाउनु जस्तै भएको बताए । युक्रेन र रुसको क्राइमिया लफडा त्यही पुरानो नक्साकै आधारमा भएको समेत उनले बताए ।

नेपालका बेलायत लगायतका विकास साझेदारहरु गरिबी निवारणबाट लगानी सम्मेलनसम्म आएको भन्दै नेपालले आर्थिक सार्वभौमसत्ता कायम राख्न लगानी सम्मेलनलाई निरन्तरता दिनुपर्ने बताए ।

उनी अमेरिकी परियोजना एमसीसीमा पनि बेलायती राजदूत फेन मुखर भए । उनले भने, ‘एमसीसी अमेरिकाको भूराजनीतिक परियोजना जस्तो देखाउन खोजिए पनि यो परोपकारी परियोजना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर