आमा, पृथिवी र स्वामिनी ! – Nepal Press
सन्दर्भ: मातातीर्थ औंसी

आमा, पृथिवी र स्वामिनी !

वेदमा आमालाई पृथ्वी र पृथ्वीलाई आमा स्वीकार गरिएको छ । ऋग्वेदमा भनिएको छ, माता पृथिवी महीयम् । अर्थात् विशाल पृथिवी हाम्री आमा हुन् । यसको आसय अथर्ववेदको यस मन्त्रले थप स्पष्ट पार्छ- ‘माता भूमिः पुत्रो अहं पृथिव्या।’ अर्थात्, ‘धर्ती आमा हुन्, म धर्तीको छोरो हुँ ।’ यो भनेको धर्तीप्रतिको श्रद्धामात्र होइन, आमाप्रतिको सम्मान हो । यसरी धर्ती आमा र आमा धर्ती हुन् भन्ने गरी मन्त्रहरू बनाइएका छन् ।

आमा नाता वाचक शब्द हो । जन्म दिने भएको हुनाले आमालाई जननी पनि भनिन्छ । विभिन्न भाषामा आमाका लागि प्रयोग हुने शब्द फरक फरक छन् । जे जे शब्दमा सम्बोधन गरिए पनि आमा जन्मदातृ हुन् । मानिसका नाता अनेकौं छन्, तर अरु नाता सम्बन्धभन्दा आमा नितान्त भिन्न हो । आमाले पाउनुपर्ने माया र सम्मानको भाग अरु कसैको भन्दा बढी हुन्छ र हुनुपर्छ ।

‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः ।’ अर्थात ‘जुन देवी सबै प्राणीहरूमा आमाका रूपमा रहेकी छन्, उनलाई नमस्कार, नमस्कार, नमस्कार छ ।’

हाम्रो सनातन संस्कृतिमा आमालाई सबैभन्दा पहिलो स्थानमा राखिँदै आएको छ । आमालाई अतुल्य नाताको रूपमा स्वीकार र सम्मान गरिएको छ । यदि कहीं कसैसँग तुलना भएको छ भने त्यो पृथिवी हो । पृथिवी र आमालाई प्रायः समान श्रेणीमा राखिएको छ । आमा बन्ने सामर्थ्य राख्ने भएको हुनाले सिंगो नारी जातिलाई मातृ शक्तिको रूपमा स्वीकार र सम्मान गरिएको छ ।

नारीलाई मातृशक्तिका रूपमा सम्मान गरिने अनेकौं पर्वहरू हिन्दू सनातन समाजमा प्रचलित छन् । हिन्दू धर्मशास्त्रहरूमा र हिन्दू सनातन संस्कृतिमा दिन गन्ने हो भने नारी सम्बद्ध पर्वहरूको बाहुल्य छ । सरस्वती पूजा, स्वस्थानी व्रत कथा, दशैँ, लक्ष्मी पूजा, सोह्र श्राद्धका बीचको मातृ नवमी र मातातीर्थ अमावस्या, जसलाई आमा औँसी, आमाको मुख हेर्ने औँसी आदि भनेर चिनिन्छ ।

हिन्दू धर्मशास्त्रहरूमा र हिन्दू सनातन संस्कृतिमा दिन गन्ने हो भने नारी सम्बद्ध पर्वहरूको बाहुल्य छ । सरस्वती पूजा, स्वस्थानी व्रत कथा, दशैँ, लक्ष्मी पूजा, सोह्र श्राद्धका बीचको मातृ नवमी र मातातीर्थ अमावस्या, जसलाई आमा औँसी, आमाको मुख हेर्ने औँसी आदि भनेर चिनिन्छ ।

यस औँसीका दिन आमा जीवित भएका सन्तानले आमाको सम्मान/पूजा गर्ने, सुख र स्वास्थ्यको कामना गर्ने, आमाको सुखसुविधाको ख्याल गर्ने र ख्याल गरिरहन सम्झाउने दिन हो । आमा जीवित नहुनेहरूले आमाका योगदानहरूको श्रद्धापूर्वक स्मरण गर्ने, दिवंगत आमाप्रति कृतज्ञता व्यक्त गर्ने, आफ्ना सन्तानलाई आमाको सत्कर्म र मानिसको जीवनमा आमाको महत्वको परिचर्चा गर्ने हो । आमाको सम्मान र सम्झनामा संसारका आमाहरूको सम्मानप्रति प्रतिबद्ध हुँदै ज्येष्ठ, अशक्त, अभावमा रहेका, अस्वस्थ मातृशक्तिलाई सक्दो सहयोग तथा अभिनन्दन सम्मान गर्ने अवसर हो ।

शास्त्र र संस्कृति नारीमैत्री छन्, तर यसको तुलनामा समाज नारीमैत्री भएको देखिँदैन । कतिपय मानिसहरू समाज नारीमैत्री नभई नारीद्वेषी हुनुलाई हाम्रा प्राचीन प्रवन्धहरू र संस्कृतिको दोष ठान्छन् । संस्कृति निर्माण र विकासको आधार मूलतः परम्परा हो । परम्पराका स्रोत वेद, शास्त्रमात्र नभई प्राकृतिक घटना, मानवीय चेतनाको विकास, यस क्रममा भएका संघर्ष र तिनका परिणाम पनि हुन्छन् । वर्तमान समाजमा रहेको मातृ शक्तिप्रतिको विभेद र हेलाहोंचो वेद, शास्त्रको निर्देशन होइन । यसो हुनु कुनै खास कालखण्डको सङ्घर्ष र तिनको परिणामको अवशेषको निरन्तरता हो । नारीप्रतिको पूजा, महत्व र सम्मान पनि कुनै कालखण्डको सकारात्मक परिणतिको निरन्तरता हो ।

परापूर्व कालदेखिको इतिहासका ठूला सङ्घर्षका क्रममा पारिवारिक तथा सामाजिक शक्ति सन्तुलनमा नारीको स्थान कहिले उच्च, उच्चतम, सामान्य, हेय र निन्दनीय रहेको बुझ्न र अनुमान गर्न सकिन्छ । संघर्ष, संघर्ष नै हो । सङ्घर्ष भनेको शक्ति विन्यास, शक्तिको प्रयोग र शक्तिको पुनरोत्पादनको माध्यम हो । जो जससँग जस्तोसुकै सङ्घर्ष भए पनि संघर्षको केन्द्रीय विषय शक्ति नै हो । जित्नेहरूको बीचमा पनि शक्तिको अभ्यास हुन्छ र हार्नेहरूका बीचमा पनि यस्तो हुन्छ । जित्नेका बथानमा सबै उत्तिकै बलशाली र हार्नेको बथानमा सबै निर्धैनिर्धा मात्र हुन्छन् भन्ने हुँदैन ।

अहिले देखिने महिला हिंसा आदि विषयमा तिनै कारणहरू रहेको स्पष्ट हुन्छ । तर, हामीमध्ये कतिपयले कुनै संहिता, शास्त्रको, कुनै प्रसङ्गको एउटा सूत्र टपक्क टिपेर सिङ्गो संस्कृतिलाई दोषी करार गरिदिन्छौं । यसो गर्नु आफैंमा अन्याय हो । कुनै विषय, इतिहास, व्यक्तित्वप्रति अन्याय गरेर स्थापित हुने ‘न्याय’ दिगो र अनुसरणीय हुन सक्दैन । कुनै पनि विषयको आधार तथा परिवेश दुवै नबुझी निकालिएको निष्कर्ष समाधान हुन सक्दैन र सकिरहेको छैन । यो हुन नसक्नुको प्रभाव सिङ्गो समाजले वहन गरिरहनु परेको छ ।

शास्त्र र संस्कृति नारीमैत्री छन्, तर यसको तुलनामा समाज नारीमैत्री भएको देखिँदैन । कतिपय मानिसहरू समाज नारीमैत्री नभई नारीद्वेषी हुनुलाई हाम्रा प्राचीन प्रवन्धहरू र संस्कृतिको दोष ठान्छन् । संस्कृति निर्माण र विकासको आधार मूलतः परम्परा हो ।

मानव जाति पहिले कुनै हिसाबले सङ्गठित थिएन । उनीहरू एक्लाएक्लै थिए, स्वतन्त्र थिए । न सहयोग थियो न त बन्धन नै । आफ्नो जीवन आफैं बाँच्ने स्वतन्त्रतासँगै विनासहयोग बाँच्नुपर्ने बाध्यता पनि थियो । आपसी मेलमिलाप, विवाह, परिवार, दायित्व आदि त निकै पछि मात्र विकास भएको हो । भन्दा राम्रो सुनिँदैन, तर सत्य हो- मानिसको जीवन पशुसरह थियो । न सङ्कलन, न सञ्चय न त वितरण । खोज, खोस्र, भाँच, टिप, मार, खाऊ । सके बाँच, नसके मर । मानव समाज यस्तो अवस्थाबाट अघि बढ्दै यहाँसम्म आइपुगेको हो । यसबाट बुझ्न सकिन्छ, समाज जति नै गतिलो वा अगतिलो होस्, सधै उस्तै रहँदैन ।

हामीले कहिल्यै सोचेका छौं, हामीले जसलाई महिला, नारी, स्त्री, आइमाई आदि भनेर उनीहरूका अधिकारबारे बहस गरिरहेका छौं, तीमध्ये कुनै हाम्री आमा हुन् । अधिकारका हिसाबले नसोच्दा नारीका बारेमा सोच्दा हामीले यसतर्फ ध्यान दिएका छौं ? अधिकारमुखी धारणाबाट होइन, कर्तव्यमुखी कोणबाट कहिल्यै सोचेका छौं ? प्राकृतिक हिसाबले नारी र पुरुषबीचमा रहेको भेद विशेषता हो । तर, हामीले प्राकृतिक विशेषताका आधारमा गरिनुपर्ने सम्मानको ठाउँमा कमजोर, असक्षम, आरक्षणमा मात्र उभिन सक्ने बनाइदिएका छौं ।

महिलाप्रतिको विभेद देख्दा जति नमीठो आश्चर्य लाग्छ, उति नै आश्चर्य प्राचीन प्रवन्ध तथा संस्कृतिलाई दोष लगाइएको देख्दा झनै उदेक लाग्छ । नारीहरूले घरको काम गर्ने र पुरुषले बाहिरको काम गर्ने गरी गरिएको कार्यविभाजन साहै्र राम्रो विषय थियो । त्यतिबेला महिलाहरूको दुःख देखेर सहमतिमा गरिएको त्यो कार्यविभाजनबाट नै एकनिष्ठ विवाह प्रथाको विकास भएको हो । मानव समाज विकासको दृष्टिले यो आफैंमा एउटा महत्वपूर्ण विषय हो ।

‘निरीक्ष्यते केलिवनं प्रविश्य क्रमेलकः कण्टकजालमेव । कर्णामृतं सूक्तिरसं विमुच्य दोषेषु यत्नः सुमहान् खलानाम्

अर्थात्, ‘जसरी ऊँट मनोरम बगैंचामा पसेर काँडाघारी नै खोज्छ, त्यसरी नै मूर्खहरूको ठूलो प्रयत्न अमृत समान सूक्तिरस ग्रहण गर्न छोडेर दोषहरू खोज्नमा देखिन्छ ।’

दोषहरू खोज्ने हो भने दोषैदोषले भकारी भरिनसक्छ । मन र मस्तिष्कमा दोषैदोषको थुप्रो लाग्नसक्छ । जुनसुकै कारणले केही कमीकमजोरी रहेका भए पनि त्यो इतिहासलाई दोष लगाउनु र त्यही देखाएर प्राचीन प्रवन्धहरूको खेदो खन्नु राम्रो हुँदैन ।

दोषहरू खोज्ने हो भने दोषैदोषले भकारी भरिनसक्छ । मन र मस्तिष्कमा दोषैदोषको थुप्रो लाग्नसक्छ । जुनसुकै कारणले केही कमीकमजोरी रहेका भए पनि त्यो इतिहासलाई दोष लगाउनु र त्यही देखाएर प्राचीन प्रवन्धहरूको खेदो खन्नु राम्रो हुँदैन । समाज विकासको अध्ययन गर्दा कुनै समय आमाहरूको सत्ता सञ्चालनमा मुख्य भूमिका रहेको पाइन्छ । मातृ शक्ति वास्तविक सत्तामा भएको समयमा कुनै पुरुषमाथि उत्पीडन भएको पाइँदैन । इतिहास र परम्परा हेर्दा मातृ सत्ता अन्यायी थिएन, न्यायिक थियो भन्ने देखिन्छ ।

इतिहासको कुनै कालखण्डमा मानिसहरू झुण्डमा बस्दथे । यस्तो झुण्ड वा समूहलाई कबिला भन्ने गरिएको पाइन्छ । कबिलाहरू समूहमा बस्ने र सामूहिक रूपमा जीविकोपार्जन गर्थे । मानिसहरूका बीचमा खासै लडाइँ-झगडा हुँदैनथ्यो । प्राकृतिक विपत्ति आइलाग्दा सबै मिलेर समूहको रक्षा गर्थे । महिलाहरू सुत्केरी हुने, सुत्केरी हुँदा कमजोर हुने हुँदा महिलाहरू प्रायः बासस्थानमा रहेर समूह व्यवस्थापनको काम गर्थे । पुरुषहरु शिकार गर्ने, कन्दमुल र फलफूलको खोजी गर्ने, दाउरा-मुढाको व्यवस्था गर्ने गर्दथे । समूहको बसोबासको सम्पूर्ण हेरचाह गर्ने हुँदा त्यतिबेला महिलाकै नेतृत्वमा सबै समूहहरु चल्ने गर्थे । निजी परिवारको संरचना र विवाह पद्धतिको विकास भइ नसकेको कारण आमाकै नामबाट सन्तानको परिचय बन्थ्यो । यसैले आमाकै नाममा वंश चल्थ्यो र गोत्र निर्धारण हुन्थ्यो । वंश र गोत्रका प्रमुख हुने भएकोले समूहमा महिला सम्मानित हुन्थे ।

यस्तो समय निकै लामो रह्यो । खासमा महिलाहरू समेत शिकार, कन्दमुल, फलफूल, दाउरा-मुढा खोज्न हिँड्ने अवस्था उनीहरूको हितमा नरहेको अवस्था थियो । विवाह संस्था/पद्धतिको विकास नभइसकेको हुँदा शारीरिक/यौन आवश्यकताको पूर्ति स्वेच्छिक थियो । खुला यौन सम्बन्धका कारण बाबुको ठेगान हुँदैनथ्यो । यसले सन्तानको सुरक्षा तथा पालनपोषणको जिम्मेवारी पुरुषमा रहँदैथ्यो । कार्यविभाजनको अभावमा जुनसुकै जस्तोसुकै अवस्थामा पनि आफैं खोजेर खानुपर्ने र आफ्नो सन्तानको सुरक्षा तथा पालनपोषणमा आमाको जिम्मेवारी प्राकृतिक जस्तै बन्यो । लामो समयको अन्तरालमा यसले आमाको स्वास्थ्य, सुत्केरी अवस्थाको हेरचाह, सन्तानको लालनपालन, पोषण र सुरक्षामा नकारात्मक असर रहेको चेतनाको ढोका खुल्यो । यही पृष्ठभूमिले विवाह संस्थाको उदय भयो, एकनिष्ट विवाह पद्धति प्रारम्भ भयो ।

यस पद्धतिको विकासले आमा(महिला)को अवस्थामा सुधार ल्याएको थियो । मातृशिशु बाहिरी आक्रमणबाट सुरक्षा र पालनपोषणको जिम्मेवारी पुरुषमा सर्‍यो । आमाले शिशु र बासस्थानमा व्यवस्थापन गर्ने र बाबु(पुरुष)ले आहार व्यवस्था गर्ने गरी परिवार व्यवस्थापनको, पारिवारिक संरचनाको जग बसेको देखिन्छ । विवाह संस्थाको विकास र पारिवारिक दायित्वमा नारी-पुरुषबीचको कार्यविभाजन यति सहज र प्राकृतिक देखिन्छ ।

शक्तिशालीले नै शक्तिको प्रयोग गर्छ र थप शक्तिशाली बनिरहन्छ भन्ने विषयको यो एउटा गतिलो उदाहरण हो । इतिहासको त्यसै कालखण्डदेखि महिलाहरूलाई अधिकार र भूमिकामा कमजोर बनाउँदै सुविधा र शृङ्गारमा सीमित पारिँदै आएको देखिन्छ । शक्ति सङ्घर्षले मानिसलाई अघि-पछि पारेको हो ।

समय बित्दै गयो । एक पति, एक पत्नी व्यवस्थामा समूह अभ्यस्त हुँदै थिए । मानिसहरू समूहमा नै मिलेर बसेका हुन्थे । समय क्रममा बासस्थानको छनोट, शिकारको क्षेत्र आदि विषयमा समूह समूहका बीचमा लडाइँ-झगडा हुन थाल्यो । यही मिलेर बसेको समूहमा संख्या बढ्दै गयो, समूह पनि बढ्दै गयो । समूहको व्यवस्थापन भारी हुँदै गयो । समूह अनुशासन कमजोर हुँदै गयो । यस्तै कारणहरूले लडाइँ-झगडा झाँगिँदै गयो । लडाइँ जो-जसका बीचमा भए पनि हारजीत हुनु स्वाभाविक हो । कसैले जिते, अर्काले हारे । संक्षिप्तमा भन्दा जित्नेहरू मालिक र हार्नेहरू दास बने । यस्तो दासता महिलाहरूको भागमा बढी पर्‍यो ।

शक्तिशालीले नै शक्तिको प्रयोग गर्छ र थप शक्तिशाली बनिरहन्छ भन्ने विषयको यो एउटा गतिलो उदाहरण हो । इतिहासको त्यसै कालखण्डदेखि महिलाहरूलाई अधिकार र भूमिकामा कमजोर बनाउँदै सुविधा र शृङ्गारमा सीमित पारिँदै आएको देखिन्छ । शक्ति सङ्घर्षले मानिसलाई अघि-पछि पारेको हो । गर्भवती हुने र त्यस्तो अवस्थाको शारीरिक अवस्थामा शिकार गर्न, कन्दमूल खनीखोस्री गर्न, अन्य शक्तिशाली प्राणीहरूबाट सुरक्षा आदि तथा सुत्केरी अवस्थामा सालनाल, रक्तश्राव, शारीरिक कमजोरी, बच्चाको रेखदेख, स्याहार-सम्भार, सुरक्षा आदिसँगै जीविकाको व्यवस्था गर्न कठिनाइ हुनु स्वाभाविकै हो ।

त्यतिबेलाको चेतनाले यत्ति विषय ठम्याएर उनीहरूप्रति करुणा उत्पन्न हुनु पनि ठूलो कुरा हो । यही अवस्था, चेतना र करुणाकै कारण मातृशक्ति ‘संरक्षित वर्ग’मा पर्न गएको बुझिन्छ । बल, बहादुरीको काम गर्न नसक्ने अवस्थाप्रतिको सहानुभूति, बालबच्चाको स्याहारसुसार, पुरुषबाट शिकार तथा संकलन गरेर ल्याइएका आहार वस्तुहरूको व्यवस्थापन, राखनधरन आदिको स्वाभाविक र अघोषित जिम्मेवारीमा सीमित हुन पुगे । यहीबाट नारीहरूमाथि कमजोर, संरक्षित, आरक्षित, अबलाका उपाधि टाँसिँदै आएको स्पष्ट देखिन्छ । यही कुरा, जित्ने-हार्ने सबै समूहका नारीहरूमा लागू हुँदै आयो । यसलाई वैदिक वा शास्त्रीय परिप्रेक्ष्यबाट नभई मानव समाजको विकासका क्रममा भएका सङ्घर्षको दृष्टिले हेरिनु उपयुक्त हुनेछ ।

शास्त्रमा ‘स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदीबहिनी, सहोदर दिदीबहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजू/भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन्’ भनिएको छ ।

यसरी हेर्दा नारीप्रतिको विभेदको प्रारम्भ नकारात्मक कोणबाट नभई सहुलियत दिने हिसाबले नै भएको अनुमान गरिन्छ । यसका केही व्यवहारिक कारणहरू छन् । विवाह प्रथाको विकास हुनुपूर्वको यो प्रथा विवाह प्रथापछि क्रमशः सहुलियतको विषय स्वामित्व र शासनको रूपमा बदलियो । ती कारणहरूमध्ये महिलाहरू गर्भवती र सुत्केरी हुँदाको अवस्थामा उनीहरूलाई सहुलियत दिएर आफैं शिकार र कन्दमूलको व्यवस्था गर्न नपर्ने व्यवस्था भयो, जो जायज र व्यवहारिक थियो । तर, यही विशेष अवस्थाका कारण पुरुष योद्धाको प्रभाव र युद्धबाट जितेको भूगोल, पशुधन, अन्य वस्तु र मानवमा समेत पुरुषको प्रभाव रहनुबाट सुरु भएको देखिन्छ । यसबाट अन्यत्रबाट जितेर प्राप्त भएका मानिसहरू दासदासी बनाइए, तल्लो दर्जामा झारियो ।

शास्त्रमा आमाको महिमा विस्तार गरिएको छ र सम्मानका दृष्टिले नारीसम्बन्धी धेरै नातालाई आमाको श्रेणीमा राखिएको छ । शास्त्रमा ‘स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदीबहिनी, सहोदर दिदीबहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजू/भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन्’ भनिएको छ । र, यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ ।

यसरी धेरैथरि नाता सम्बन्धका नारीहरूलाई अति उच्च सम्मानको श्रेणीमा राखिएको त छ नै प्रायः सबै शुभकार्यमा षोडशमातृकाको पूजा हुन्छ । हाम्रो आफ्नो मौलिक पारम्परिक संस्कृतिका यी पक्षहरूलाई आत्मसात गर्न आवश्यक छ । नारीप्रतिको सम्मानको परम्परालाई थप विस्तार गर्दै पुस्तान्तरण गर्न आवश्यक छ । यी विषयहरू ओझेल पर्दै जाँदा बाहिरका घटना तथा चर्चा सुनेर असल र नारी सम्मानको मौलिक र समृद्ध संस्कृति हराउँदै जानसक्छ । अतः नारी शक्तिलाई महत्व दिइने पर्वहरू मनाउँदा विद्यमान विभेदकारी व्यवहारका विरुद्ध सङ्कल्प गर्नु यो मातातीर्थ पर्वको मूल सन्देश हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *