धार्मिक सिरियल ‘श्रीकृष्णा’ मा धृतराष्ट्र बनेका यी कलाकार अहिले खेल्छन् एडल्ट फिल्म – Nepal Press

धार्मिक सिरियल ‘श्रीकृष्णा’ मा धृतराष्ट्र बनेका यी कलाकार अहिले खेल्छन् एडल्ट फिल्म

रुपन्देही । तपाईंले रामानन्द सागर निर्मित धार्मिक टेलिश्रृंखला ‘श्रृकृष्णा’ हेर्ने गर्नुभएको थियो भने धृतराष्ट्रको भूमिकामा अभिनय गर्ने कलाकारलाई सम्झिनुभएको होला । यो श्रृंखलाका हरेक पात्रहरु प्रख्यात थिए र सार्वजनिक जीवनमा निकै सम्मानित पनि ।

महाभारतमा अभिनय गरेका धेरैजसो कलाकारहरुले चलचित्र र अन्य सिरियलमा भने खासै ठूलो सफलता पाएनन् । कतिपय कलाकारलाई त कामकै खडेरी भयो । तीमध्येकै एक हुन् धृतराष्ट्रको भूमिका गर्ने तारकेश चौहान ।

श्रीकृष्णा ख्याति कमाएपछि चौहान केही समय डिमान्डेड बनेका थिए । उनले दुर्गा, तेनाली राम, बालिका बधु ये है आशिकीजस्ता थुप्रै सिरियलमा काम गरे । तर, अहिले उनको स्थिति अर्कै छ ।

उमेर छिप्पिँदै जाँदा तारकेशले टेलिभिजनका सिरियलमा काम पाउन छोडे । गुजारा चलाउनै समस्या भयो । फलस्वरुप पछिल्ला दिनमा उनी एडल्ट मुभीहरुमा देखिन थालेका छन् । ‘मरता क्या नहीँ करता’ भन्ने सिद्दान्तलाई आत्मसात गर्दै उनी एडल्ट फिल्ममा हाम्फालेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार तारकेश अहिले ‘उल्लु’ नामक एपका लागि काम गर्छन् जसमा उनले एडल्ट फिल्मको ससुराको भूमिका निभाउँदै आएका छन् । ससुरा पनि यस्तो, जसले आफ्नै आफ्नै बुहारीसँग लसपस गर्छ । अब नयाँ पुस्ताका मानिसहरुले उनलाई धृतराष्ट्र भन्दा पनि ‘हरामी बाबुजी’को नामले चिन्न थालेका छन् ।

गुजारा चलाउनकै लागि आफूले एडल्ट फिल्ममा काम गर्नुपरेको तारकेशको भनाइ छ । उनले ‘रसीली’, ‘पलंग तोड सिसकियाँ’, ‘केयर टेकर’जस्ता दर्जनौं एडल्ट फिल्ममा काम गरिसकेका छन् ।

तारकेश चौहानले आफ्नो करिअरको सुरुवात टीभी शो ‘तुम्हारे सहारे’ बाट गरेका थिए । त्यसपछि उनले ‘श्री कृष्णा’ मा अभिनय गरे । त्यसपश्चात उनी चर्चामा आएका थिए । उनले बीआर चोपडाको महाभारतमा पनि काम गरेका छन् ।

एडल्ट फिल्ममा काम गर्नुका अलावा तारकेशले आफ्नै युट्यूव च्यानल पनि चलाउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *