विमला र एकराजको बयान : फोटो ‘एडिट’ र ‘फेसबुक ह्याक’ भएको दावी – Nepal Press

विमला र एकराजको बयान : फोटो ‘एडिट’ र ‘फेसबुक ह्याक’ भएको दावी

काठमाडौं । अन्तरंग तस्बिर सार्वजनिक भएपछि लुम्बिनी प्रदेश सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतले बचाउको प्रयास गरेका छन् । छुट्टाछुट्टै वक्तव्यमार्फत उनीहरूले सार्वजनिक भएको तस्बिर ‘एडिटेड’ भएको दावी गर्नुका साथै राजनीतिक प्रतिसोधले चरित्रहत्या गर्न खोजिएको आरोपसमेत लगाएका छन् ।

एकराजकै फेसबुकबाट उनीहरूको तस्बीर सार्वजनिक भएको थियो । फेसबुकको स्टोरीमा देखिएको तस्बिर केहीबेरमा उनले हटाएका थिए । नेपाल प्रेससँगको कुराकानीमा उनले त्यो तस्बिर कसरी आफ्नो फेसबुकमा आयो भन्ने थाहै नभएको जवाफ दिएका थिए ।

अनैतिक सम्बन्ध राखेको भनेर चौतर्फी आलोचना भएपछि वली र बस्नेतले उक्त तस्बिर नै फोटोसप गरिएको दावी गरेका हुन् । बस्नेतले वली नाताले आफ्नो दिदी पर्ने समेत उल्लेख गरेका छन् । उनले पहिले ‘माइजू पर्ने’ लेखेर पछि ‘दिदी पर्ने’ भनी सच्याएका थिए ।

‘एकथरि मिडिया र केही मित्रहरूले पत्याउन नै नसकिने खालको समाचार बाहिर ल्याएर राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने गरी सार्वजनिक गर्नुभएको छ । बदनाम गर्न र क्षणिक आनन्द लिन गरिएको यो हर्कतलाई मैले एक गम्भीर विषयका रूपमा बुझेको छु । यो नितान्त भ्रम हो ।’ फेसबुकमा उनले लेखेका छन् ।

विमलाले पनि फेसबुकमा विज्ञप्ति पोष्ट गर्दै आफ्नो चरित्रहत्या गर्न खोजिएको आरोप लगाएकी छन् । उनले लेखेकी छन्, ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु । एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर