विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति – Nepal Press

विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुन: नियुक्ति पाएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा भने नदिने अडान राखेका थिए ।

शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी त्यता पठाइएको छ ।

यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए ।


प्रतिक्रिया

One thought on “विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति

  1. ओलिले कुलमान जस्तो राम्रोलाई हटाएर आफ्नो सालो लाई वैद्युत प्राधिकरणको CEO बनाए।ओलिले राम्रो मान्छेलाई कहि कतै नियुक्ति गरेनन।आफ्ना बुद्धि नभएका लठुवा कार्यकर्ता मात्रै जिम्मेवारी दिए।देउवा सरकारले यो काम राम्रो गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर