सपथपछि अर्थमन्त्रीसँग उपाध्यक्ष पौडेलको वार्ता, रवीन्द्र अधिकारीलाई किन सम्झिए ? – Nepal Press

सपथपछि अर्थमन्त्रीसँग उपाध्यक्ष पौडेलको वार्ता, रवीन्द्र अधिकारीलाई किन सम्झिए ?

काठमाडौं । योजना आयोगको उपाध्यक्षका रुपमा डा. विश्व पौडेलले हिजो सपथ ग्रहण गरे । सपथपछि उनले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले अर्थमन्त्री शर्मासँग मुलुकको अर्थतन्त्रका बारेमा लामो छलफल भएको जानकारी दिएका छन् । शर्मालाई उनले ‘सुयोग्य अर्थमन्त्री’ को संज्ञासमेत दिएका छन् ।

पौडेलले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूबाट शपथ लिएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रुपमा मेरो नयाँ जिम्मेवारी शुरु भयो। दिउँसो अर्थमन्त्री जनार्दन शर्माज्यूसँग मुलुकको अर्थतन्त्रको बारेमा लामो छलफल भयो। मैले हाम्रा सुयोग्य अर्थमन्त्रीज्यूलाई महामारी विरुद्ध लड्दै गरेको मुलुकको अर्थतन्त्र हाँक्दा मेरो पुरा समर्थन रहने विश्वास दिलाएँ।’

आयोगमा दुई अनुभवी साथीहरु डा. दिलबहादुर गुरुङ र डा. रामकुमार फुयाँल आफूसँगै आएको र यसले आफूलाई अनुभव र नयाँपनको सन्तुलन मिलेको महशुस भएको उनले उल्लेख गरेका छन् ।

सोही स्टाटसमा डा. पौडेलले भुतपूर्व पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीलाई सम्झिएका छन् । आयागले केही वर्षअघि किनेको विद्य्रुतीय गाडीका सन्दर्भमा उनले अधिकारीलाई सम्झेका हुन् ।

पौडलका अनुसार योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्लेको पालामा आयोगले सरकारी संयन्त्रभित्र वातावरणमैत्री गाडीको प्रयोग बढोस् भनेर विद्युतीय गाडी किनेको थियो ।

उनी लेख्छन्, ‘रविन्द्रजी र माननीय गगन थापाजीलाई त्यस गाडीको प्रयोगको पहिलो दिन वोलाउँदा म पनि सँगै थिएँ। पछि रविन्द्रजीलाई विदा गर्न गफ गर्दै गेटसम्म गएको थिएँ। त्यो इलेक्ट्रिकल भेइकल अझै आयोगमा छ । रविन्द्रजीको हँसिलो अनुहार चाहीँ सम्झनामा मात्र । प्रिय रविन्द्रजीको वैकुण्ठमा वास होस।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर