गुल्मी जीप दुर्घटनाका मृतक तीन जनाकै पहिचान खुल्यो – Nepal Press

गुल्मी जीप दुर्घटनाका मृतक तीन जनाकै पहिचान खुल्यो

रूपन्देही । गुल्मीको मुसिकोट नगरपालिका-४ दोभानमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका र घाइते भएका सबैको पहिचान खुलेको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी सात जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका-४ का तेजेन्द्र थापा , वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुंगा नगरपालीका २ बाख्रेछेडाकी ६८ वर्षको सुशिला बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

गम्भीर घाइते चालक गुल्मी चन्द्रकोट गाउपालिका वडा नम्बर ५ बस्ने वर्ष ३५ को बम बहादुर वि।क।, चन्द्रकोट गा।पा।–६ बस्ने वर्ष २० की विनिता परियार , शान्तिपुर बस्ने वर्ष ३९ को गगन क्षेत्री र वर्ष २२ को सुनिल वि।क। अवस्था गम्भीर भएकाले थप उपचारको लागि पाल्पा पठाइएको छ।

यस्तै वर्ष ३३ को गोकुल भण्डारी ,वर्ष २३ की मुना भण्डारी र रेसुङ्गा न पा २ बस्ने वर्ष २३ की रमिला भण्डारी अवस्था मध्यम रहेको र जिल्ला अस्पताल गुल्मीमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको थियो। दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर