सर्वोच्चको १६५ पृष्ठको व्याख्याले संविधान अस्पष्ट र विरोधाभाष देखियो : विमला – Nepal Press

सर्वोच्चको १६५ पृष्ठको व्याख्याले संविधान अस्पष्ट र विरोधाभाष देखियो : विमला

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले संविधानको प्रावधानमा अस्पष्टता भएको बताएकी छन् ।

प्रतिनिधिसभा विघटनको सवालमा अदालतमा कानून व्यवसायीले गरेको बहसहरू हेर्दा संविधानको प्रावधानमा थुप्रै अस्पष्टता रहेको बताएकी हुन् । सर्वोच्चको १६५ पृष्ठ लामो व्याख्यासहितको प्रतिवेदन आएकोबाट संविधानको प्रावधानमा धेरै अस्पष्टता र विरोधाभाष भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘संविधानको प्रावधानमा अस्पष्टता छ, प्रतिनिधिसभाको विघटनको सवालमा अदालतमा भएको थुप्रै कानून व्यवसायीले गरेका बहसहरु हेर्दा र सर्वोच्चको १६५ पृष्ठ लामो व्याख्यासहितको प्रतिवेदन आएकोबाट संविधानको प्रावधानमा धेरै अस्पष्टता र विरोधाभाष छ, त्यसैले यसलाई समृद्ध बनाउनुपर्छ ।’

सांसदलाई ह्वीप लाग्ने वा नलाग्नेबारे सर्वोच्चले थप जवाफ दिनुपर्ने भन्दै उनले भनिन्, ‘दलको ह्वीप लाग्ने/नलाग्ने भन्नेमा रेस्ट्रोकपेक्टिभ भन्ने रुलिङ भन्ने छ, यो रुलिङ भइसकेको कुरामा लाग्ने हो कि, अब हुने कुरामा लाग्ने हो ? यसमा सर्वोच्च अदालत आफू क्लियर होला, तर यसको व्याख्यामा पनि फरक छ, विविधता छ, त्यसमा पनि जवाफ चाहिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर