नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार १४ अर्बमाथि – Nepal Press

नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार १४ अर्बमाथि

काठमाडौं । नेप्से परिसूचक ८.२४ अंकले घट्दै ३,०३०.४३ विन्दुमा रोकिएको छ ।

आज ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर किनबेचमा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रूपैयाँ कारोबार भयो । यो रकम हिजोभन्दा १७ करोडले कमी हो ।

बजार खुल्नेवित्तिकै १७ अंकले बढेको नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ७५ विन्दु पार गरेको थियो । आज बैंकिङ समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने कमाउनेमा हाइड्रोपावर कम्पनीका सेयरधनी छन् ।

आज नाग्दी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै ३९ करोडको कारोबार भएको थियो । आज ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडलगायत ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर