सबैलाई कोरोना खोपको व्यवस्था गर्न कर्णाली सरकार प्रयासरत छ- मन्त्री बुढा – Nepal Press

सबैलाई कोरोना खोपको व्यवस्था गर्न कर्णाली सरकार प्रयासरत छ- मन्त्री बुढा

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताएका छन् । मन्त्री बुढाले औषधि र जनशक्तिको अभावमा नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने दावी गरे ।

उनले प्रदेशका विभिन्न नाकाहरुमा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको जानकारी दिए । ‘कोरोना महामारीको पहिलो र दोस्रो भेरियन्ट पार गरिसकेपछि तेस्रो भेरियन्टको तयारीमा प्रदेश सरकार जुटिसकेको छ,’ मन्त्री बुढाले भने, ‘आवश्यक तयारी जनशक्ति, उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ । नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं ।’

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहहरुसँग समेत सहकार्य गरेको मन्त्री बुढा क्षेत्रीले बताए ।

सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्टको स्थापनाको काम अन्तिम चरणमा परेको जानकारी दिए ।

सम्वाद समूहले आयोजना गरेको अन्र्तक्रियामा उनले कर्णालीका सबै जनतालाई खोपको व्यवस्था गर्न सरकार प्रयासरत रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर