ट्वीटर-स्पेसमा भ्वाइस परिवर्तन गर्ने फिचर आउँदै – Nepal Press

ट्वीटर-स्पेसमा भ्वाइस परिवर्तन गर्ने फिचर आउँदै

काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरले आफ्नो अडियो डिस्कसन प्लेटफर्म- स्पेसमा चाँडै अडियो इफेक्ट दिने सम्भावना देखिएको छ । पछिल्लो समय नयाँ-नयाँ फिचरमा काम गरिरहेको ट्वीटरका प्रयोगकर्ताले स्पेसमा बोल्दा आफ्नो बोली परिवर्तन गर्न सक्नेछन् ।

ट्वीटरको यो नयाँ फिचरलाई ‘भ्वाइस ट्रान्सफर्म ’ नाम दिइएको छ र यसको प्रयोगबाट युजरले आफ्नो स्वर परिवर्तन गर्न सक्नेछन् । प्रयोगकर्ताले आफ्नो भ्वाइसको पिच परिवर्तन गर्न र स्वरमा इफेक्टसमेत एड गर्न सक्ने छन् ।

प्रसिद्ध टिप्सटर जेन मन्चुन वोङका अनुसार ट्वीटरले भ्वाइस ट्रान्सफर्मरमा काम गरिरहेको छ । ‘ट्वीटरले स्पेसका लागि भ्वाइस ट्रान्सफर्मर फिचरमा काम गरिरहेको छु उनले भनेका छन्, अब प्रयोगकर्ताले भ्वाइसको पिच परिवर्तन गर्न र इफेक्ट एड गर्न सक्नेछन् ।’

यो सूचना बाहिर आएपछि ट्वीटरको रिसर्च टोलीका ड्यान्नी सिङ्घले पनि यसलाई पुष्टि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर