पौडेल पक्षका नेताहरू शशांक निवासमा छलफलमा – Nepal Press

पौडेल पक्षका नेताहरू शशांक निवासमा छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसिरहेको छ ।

बैठकमा क्रियाशील सदस्यता र समायोजनसम्बन्धी विवादबारे छलफल भएको बताइएको छ । त्यस्तै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा हुने शक्ति बाँडफाँटबारे पनि छलफल भइरहेको छ । पौडेल पक्षबाट देउवा सरकारमा सहभागी हुने झण्डै एक दर्ज नेताहरू इच्छुक छन् । कांग्रेसको भागमा कति वटा मन्त्रालय पर्ने निश्चित भइनसकेकाले पौडेल पक्षको प्रतिनिधित्वबारे पनि निधो भएको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार क्रियाशील छानविनबारे छलफल गर्न बैठक बोलाइएको हो । छनवि समितिका सदस्य श्याम घिमिरेमाथि हातपात भएपछि समितिले अन्तिम प्रतिवेदन बुझाएका छैन ।

७५ जिल्लाको समायोजन विवाद टुंगो लागेको दावी समितिले गर्दै आएको छ । बैठकमा तल्लो तहको अधिवेशन सर्ने सम्भावनाबारे पनि छलफल जारी छ । कांग्रेसको वडा तहको अधिवेशन साउन १२ गतेका लागि तोकिएको छ । क्रियाशील सदस्यता टुंगो नलागेका कारण कांग्रेसको १४ औं महाधिवेशन नै प्रभावित हुने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर