लुम्बिनीका मुख्यमन्त्री भन्छन्: विश्वासको मत माग्न तयार छु, नपाए चुनाव – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री भन्छन्: विश्वासको मत माग्न तयार छु, नपाए चुनाव

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिन आफू तयार रहेको बताएका छन् ।

प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न आग्रह गरेका हुन् ।

पोखरेलले भने– विश्वासको मत लिन म तयार छु । त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस् । अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो । मत लिँदा २ अनुसार नभए ३ मा जान्छ । ३ बनाउने अवस्था नआएकै राम्रो । त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ । त्यसमा मेरो रुचि छैन ।

उनले बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गरेका छन् । उनले भने – प्रतिपक्षी दल छलफलको लागि उत्साही देखिएको छैन । एकपटक छलफल गरौं ।

 


प्रतिक्रिया

One thought on “लुम्बिनीका मुख्यमन्त्री भन्छन्: विश्वासको मत माग्न तयार छु, नपाए चुनाव

  1. यिनी मुख्य मन्त्रीले आफू अल्पमतमा परे १ मिनेट भित्र राजिनामा दिन्छु भनी प्रदेश सभामा बोलेका हुन! तर अल्पमतमा परेक १ महिना बिति सक्यो,आज सम्म दिएका छैनन! यिनि अल्पमतमा छ भन्ने आज बजेट अधिबेशन बहिष्कार गर्नुले प्रमाणित हुन्छ! अत,यसले बोलेका सबै १०० प्रतिशत झुट हुन्छन!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर