संस्थापनइतरका युवा नेतासँग अर्जुननरसिंहको छलफल सुरु – Nepal Press

संस्थापनइतरका युवा नेतासँग अर्जुननरसिंहको छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र अधिकतम सहमति जुटाउन आज युवा नेताहरुसँग छलफल गर्दैछन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छलफलमा केसीले केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी,धनराज गुरुङ, रामकृष्ण यादव, गगन थापा, प्रदीप पौडेल, किरण यादव लगायतसँग छलफल गर्न लागेका हुन् ।

यसअघि केसीले शुक्रबार संस्थापनइतर समूहबाट सभापतिमा दावी गरेका नेताहरुसंग छलफल गरेका थिए । केसीले आज छलफलमा बोलाएका सबै केन्द्रीय सदस्य संस्थापन इतर समूहमै रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर