पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिवमा सहसचिव कृष्णहरी पुष्कर बढुवा भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासन तर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका पुष्कर सचिवमा बढुवा भएको एक मन्त्रीले बताए । पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ताको जिम्मेवारीमा थिए ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।

पुष्कर र नेपालको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो भने शर्माको नाम पहिलो पटक सिफारिस भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर