तीन दिन देखि बेपत्ता बालकको शव भेटियो


कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ ।
स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक बिस्ट सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।
बुधबार साझ टिकापुर नगरपालिका- ४ बागमारा स्थित जमरा कुलाको किनारमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
पानीमा डुबेको अवस्थामा शव फेला परको थियो । उनले कानमा लगाएको सुन भेटिए पनि चाँदिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
घटनको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर लागेका छन् ।