मेलम्चीका बाढीपीडितलाई खेलकुद महासंघको सहयोग – Nepal Press

मेलम्चीका बाढीपीडितलाई खेलकुद महासंघको सहयोग

मेलम्ची । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुबासीलाई राहत वितरण गरेको छ । महासंघले दुई सय प्रभावित परिवारलाई चामल, दाल, तेल, तरकारीलगायतको राहत सामग्री वितरण गरेको हो ।

महासंघका अध्यक्ष रमेश पौडेलले विपदमा परेका मेलम्ची र हेलम्बुबासीलाई राहत र पुनस्थापनामा आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राहत संकलन र संयोजनमा महत्वपूर्ण भूमिका निर्बाह गरेका महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले मेलम्चीसँगै विपदमा परेका सबै क्षेत्रका नागरिकलाई सहयोग गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर