प्रचण्डको आग्रह- बाढीपहिरो समस्याको दीर्घकालीन समाधान खोजौं – Nepal Press

प्रचण्डको आग्रह- बाढीपहिरो समस्याको दीर्घकालीन समाधान खोजौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका विभिन्न ठाउँमा बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू-भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग उनको आग्रह छ ।

‘मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो’, प्रचण्डको टिप्पणी छ ।

प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा आ-आफ्ना क्षेत्रमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर