मेलम्चीमा बाढीले ५० जना बेपत्ता, आसपासका बजार डुबानमा (तस्बिरहरु) – Nepal Press

मेलम्चीमा बाढीले ५० जना बेपत्ता, आसपासका बजार डुबानमा (तस्बिरहरु)

मन्त्री तामाङ स्थलगत अनुगमनमा आउँदै

सिन्धुपाल्चोक । अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।

बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् ।

मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनियाँको क्याम्प पनि डुबानमा परेका छन् । हिजो रातको समय भएकाले घटनास्थलमा पुग्न नसकेको प्रहरीले विहानबाट वेपत्ताको खोजी र उद्दार कार्य सुरु गरेको छ ।

अहिलेसम्म मानवीय क्षति पुष्टि भएको छैन । यसैबीच मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ आज हेलिकोप्टर चढेर स्थलगत अनुगमनमा आउन लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर