गणेश लामा पक्राउको विरोधमा बनेपामा कांग्रेसको प्रदर्शन – Nepal Press

गणेश लामा पक्राउको विरोधमा बनेपामा कांग्रेसको प्रदर्शन

काभ्रे । पोखरामा पक्राउ परेका नेपाली कांग्रेस काभ्रेका नेता गणेश लामाको रिहाइको माग गर्दै बनेपामा प्रदर्शन भएको छ ।

नेपाल विद्यार्थी संघ काभ्रेको संयोजनमा बनेपाको चारदोबाटोमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले लामालाई निशर्त रिहा गर्न माग गरेका छन् । उनीहरूलाई प्रहरीले धरपकड गरेको थियो ।

बनेपासहित काभ्रेका विभिन्न स्थानमा प्रदर्शन गरिएको र थप आन्दोलनको तयारी भइरहेको नेविसंघ काभ्रेका नेता रविन गौतमले जानकारी दिए ।

पोखरामा पक्राउ परेका लामा नेपाली कांग्रेसका तर्फबाट गत प्रदेशसभा निर्वाचनमा काभ्रेमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर