उपप्रधानमन्त्री महतोको भनाइ संविधान बिरोधी : एमाले नेता कँडेल – Nepal Press

उपप्रधानमन्त्री महतोको भनाइ संविधान बिरोधी : एमाले नेता कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज एबम कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति संविधान बिरोधी भएको बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै नेता कडेलले उक्त अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन- सरकारको उपप्रधानमन्त्री पदको जिम्मेवारी लिएका राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति संविधान, भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल अभिव्यक्ति हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर