अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण – Nepal Press

अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण

काठमाडौं । चर्चित अमेरिकी गायक तथा गीत लेखक माइक पोज्नरले मंगलबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्सका अनुसार ग्रामी अवार्ड मनोनित गायक अमेरिकी एथ्लेट कोलिओ ब्राडीसँगै आज बिहान चुचुरोमा पुगेका हुन् ।

३३ वर्षे गायक ‘आइ टुक अ पिल इन इब्जा’ गीतबाट विश्वचर्चित छन् । उनले जस्टिन बिबर, मरुन फाइभ, लाब्रिन्थ, निक जोनस लगायतको लागि गीत लेखिसकेका छन् ।

अमेरिकी सहर डेट्रोइट जस्टिस सेन्टरको च्यारिटीका लागि भन्दै पोज्नरले आफू सगरमाथा चढ्ने घोषणा गरेका थिए । पोज्नरको टीमसँगै आरोहणमा ६ जना शेर्पा आरोहीले सघाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर