सरकारी कर्मचारीको तलव २ हजार बढ्यो – Nepal Press

सरकारी कर्मचारीको तलव २ हजार बढ्यो

काठमाडौं ।  सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।

कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन साउन १ देखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए ।

हालको महंगी भत्तालाई निरन्तरता दिएको पनि उनले जानकारी दिए । नेपालका कर्मचारीको तलवमानलाई दक्षिण एसियाका कर्मचारीसँग तादम्यता कायम गर्न तलवमानसम्वन्धी अध्ययन गरी सुझाव पेस गर्न सरकारले ‘पे कमिसन’ गठन गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर