बानका अध्यक्ष न्यौपानेको काेराेना संक्रमणबाट निधन – Nepal Press

बानका अध्यक्ष न्यौपानेको काेराेना संक्रमणबाट निधन

इटहरी । स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। न्यौपानेको उपचारमा संग्लग्न डाक्टरसँग निरन्तर सम्पर्कमा रहेकी इटहरीका उपमेयर लक्ष्मी गौतमका अनुसार बिहान ८:२५ मा डाक्टरले  मृत घोषणा गरेका थिए।

कोभिड-१९ संक्रमण देखिएपछि ५० वर्षीय न्यौपाने १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत थिए  । एक छोरा र एक छोरीका पिता न्यौपाने सरकारले बनाएको बिज्ञापन बोर्डका सदस्यसमेत थिए। न्याैपाने इटहरीबाट सन्चालित प्रदेश-१ को सबैभन्दा धेरै क्षमता भएको रेडियो सप्तकोसीका सन्चालक हुन् । उनी नेकपा एमालेकाे प्रचार विभाग सदस्यसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर