कोरोना संक्रमितको निधन भएपछि आफन्तद्वारा भेरी अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि आक्रमण – Nepal Press

कोरोना संक्रमितको निधन भएपछि आफन्तद्वारा भेरी अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि आक्रमण

रूपन्देही । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ ।

मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पता विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर