निषेधाज्ञाबाट समस्यामा परेका ५० परिवारलाई राहत वितरण – Nepal Press

निषेधाज्ञाबाट समस्यामा परेका ५० परिवारलाई राहत वितरण

काठमाडौं । कोभिड–१९ रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण जिविकोपार्जनमा समस्या परेका ५० घर-परिवारलाई राहत वितरण गरिएको छ । ‘मेरो नेपाल’ नामक फेसबुक पेजमार्फत उपलब्ध आर्थिक सहयोगबाट खाद्य सामग्री वितरण गरिएको हो ।

काठमाडौंका विभिन्न स्थानमा जर्जर आर्थिक अवस्था भएका पिडित परिवारको पहिचान गरी उनीहरुलाई राहत बाँडिएको थियो । राहत सामग्रीमा चामल, तेल, नून, दाललगायत छन् । एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्यद्वय शोभा सापकोटा र जस्मिन ओझाले राहत हस्तान्तरण गरेका थिए ।

 

मिसन स्माइल नेपालकी अध्यक्षसमेत रहेकी ओझाका अनुसार आज एक लाख १५ हजार रुपैयाँ बराबरको राहत बाँडिएको छ । उनले कोभिडका कारण समस्यामा परेका गर्भवती महिलाहरुलाई केही नगद सहयोग गर्ने योजना रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर