कालीमाटी तरकारी बजारमा सवारीमा जोर-बिजोर लागू – Nepal Press

कालीमाटी तरकारी बजारमा सवारीमा जोर-बिजोर लागू

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि आजदेखि कालीमाटी फलफूल तथा तरकारी ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

तरकारी बजारमा भएको भीडलाई रोक्नको लागि जोर बिजोर प्रणाली लागू गरेको फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् ।

कालीमाटी तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने छ र जोर गतेको दिन जोर र बिजोर गतेको दिन बिजोर नम्बरको गाडी चल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर