लुम्बिनीका मन्त्री श्रीवास्तवलाई कोरोना संक्रमण, काठमाडौं लैजाने तयारी – Nepal Press

लुम्बिनीका मन्त्री श्रीवास्तवलाई कोरोना संक्रमण, काठमाडौं लैजाने तयारी

रुपन्देही । लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री श्रीवास्तवको भैरहवास्थित भीम अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । बुधबार स्वाब परीक्षण गरिएको आज मन्त्री श्रीवास्तवको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनको एक्स–रे समेत गरिएको थियो ।

छातीमा इम्फेक्सन देखिएकाले मन्त्री श्रीवास्तवलाई काठमाडौं लैजाने तयारी गरिएको मन्त्रीका स्वकीय सचिव आकाश पाठकले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर