घटेको बजारमा हालसम्मकै उच्च कारोबार – Nepal Press

घटेको बजारमा हालसम्मकै उच्च कारोबार

काठमाडौं । नेप्से परिसूचक बुधबार १३.०९ अंकले घटेको छ । आज बजार खुलेदेखि बढेको नेप्सेले एक घण्टाको व्यापारमा अहिलेसम्मकै उच्च विन्दु २८२१ विन्दु पार गरेको थियो ।

त्यसपछि क्रमश घटेर २७९९ विन्दुमा झर्न पुग्यो । पुनः नेप्से बढ्दै दिउसो १२ बजेर १५ मिनेट जाँदा २८२० विन्दुलाई पार गर्‍यो । त्यसपछि क्रमशः विस्तारै घट्दै आएको नेप्से परिसूचक २७७३.५२ विन्दुमा रोकिएको छ । आज बजार घटेपनि नेप्से कारोबार रकम भने अहिलेसम्मकै उच्चमा पुगेको छ ।

आज २ करोड ५१ लाख २१ हजार ५५४ कित्ताको कनिबेचमा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको अहिलेसम्मकै उच्चतम कारोबार रेकर्डलाई पुनः आजको कारोबार रकमले तोडेको छ ।

मंगलबार ११ अर्ब ३२ करोड ११ लाख ४० हजार ४४९ रुपैयाँ बराबरको कारोबार भएको थियो । साविक झैं आज पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ५५ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी आज नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ४५ करोड रुपैयाँ बराबरको भएको छ । आज समता लघुवित्तका शेयर धनीले सबैभन्दा धेरै कमाउन सफल भएका छन् ।

समता, रु रु जलविद्युतलगायत पाँच कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी आज बैंकिङ, होटल तथा टुरिजम, व्यापार,फाइनान्स र म्युचल फण्ड बाहेक सबै उप–समूहका सूचक राता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर