विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई १५ दिन कैद – Nepal Press

विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई १५ दिन कैद

दाङ । रोल्पा जिल्ला अदालतले ५ जना छात्राको हात भाँच्चिने गरी कुट्ने एक शिक्षिकालाई ५ हजार जरिवाना र १५ दिन कैद गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश दिलिपराज पन्तको इजलासले गत चैत २२ गते रून्टिगढी ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुन विरुद्ध यस्तो फैसला सुनाएको श्रेस्तेदार प्रेम खड्काले जानकारी दिए ।

शिक्षिका पुनले २०७६ जेठ १२ गते विद्यालय ढिला आएको भन्दै १४ जना विद्यार्थीलाई निर्घात कुटेकी थिइन् । कुटिएका मध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँचजनाको हात भाँच्चिएको थियोे ।

उनीहरूको दाङको तुलसीपुरमा उपचार गरिएको थियोे । अदालतले विद्यार्थी कुट्ने शिक्षिकालाई १५ दिन कैद सजाय तोके पनि यसअघि २४ दिन प्रहरी हिरासतमा बसिसकेकाले जेल भने जानुपर्ने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर