कैलालीमा थपिए २५० संक्रमित – Nepal Press

कैलालीमा थपिए २५० संक्रमित

कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ जनाको परीक्षण गर्दा कैलालीका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीमा मात्रै ४४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
धनगढी बाहेकका कैलालीका अन्य स्थानीय तहमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अस्थायी कोरोना अस्पतालमा अहिले ४७ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये ५ जना भेन्टिलेटरमा र २० जना आइसियुमा रहेका छन् ।

कोरोना संक्रमित ११ जना निको भएका छन् भने ५ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर