त्रिभुवन विमानस्थलमा आजबाट अन्तर्राष्ट्रिय उडान बन्द – Nepal Press

त्रिभुवन विमानस्थलमा आजबाट अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडाैं । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलँदा महामारीको रुप लिइरहेका बेला सरकारी निर्णयअनुसार आजदेखि देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको छ ।

आन्तरिक उडानहरु बैशाख २० गतेदेखि नै बन्द भइसकेकाे छ ।

अन्तर्राष्ट्रिय उडानमा चार दिनको समयसीमा राखिएको कारण यो बीचमा विमानस्थल निकै व्यस्त हुन पुग्यो । गएको २ दिनमात्र विमानस्थलबाट १ सय ७ वटा उडान भएका छन् ।

बैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर