पदमुक्त गर्ने माओवादीको पत्रबारे उपप्रमुख महतो- प्रचण्डलाई शहीदको श्राप लाग्छ – Nepal Press

पदमुक्त गर्ने माओवादीको पत्रबारे उपप्रमुख महतो- प्रचण्डलाई शहीदको श्राप लाग्छ

गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ती देवी महतोले प्रचण्डलाई शहीदको श्राप लाग्ने टिप्पणी गरेकी छन् ।

रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको थियो । 

एमालेमा लागेको आरोपमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेको पत्र निर्वाचन आयोगलाई लेखेपछि महतोले आक्रोश जनाएकी हुन् ।

प्रचण्डले शहिदको रगत र जनयुद्धमा आफुहरूको योगदान बिर्सेको आरोप लगाउँदै उनले भनिन्, ‘जनताको मतबाट आएकी मलाई पदबाट हटाउन खोज्नु एक महिलामाथिको निरंकुश कदम हो ।’

उनका पति श्याम महतोले माओवादी जनयुद्धमा ज्यान गुमाएका थिए । कान्तिदेवीले विज्ञप्तिमा प्रचण्डले शहीद र फतुवा विजयपुरका जनताको अपमान गरेको भन्दै पदको लोभले माओवादीमा नफर्किने बताएका छन् । विज्ञप्तिमा भनिएको छ–म एक शहिद परिवार । मेरो श्रीमान श्याम महतो जनयुद्धको मैदानमा शहिद हुनुभएको थियो । मजस्ता हजारौंको बलमा आज प्रचण्ड नेता बनेका हुन् । तर म एउटा गरिब परिवारको सदस्य, पविारका सदस्य गुमाएँ प्रचण्डको पक्षमा लाग्दा । म जस्तो एक शहिदको पत्नीको पद पनि प्रचण्डलाई नपचेको यो कस्तो बिडम्बना हो । अब प्रचण्डको पतन निश्चित छ ।

उनले जनयुद्धका शहिदलाई शहिद घोषणा नगराउने, घाइतेको उपचार नगरी अलपत्र पार्ने, जनमुक्ति सेनाको पैसाले आफ्नो परिवार पाल्ने र अरुलाई सडकमा पुर्याउने काम प्रचण्डले गरेको आरोप समेत लगाएकी छन् ।

उनले भनेकी छन्–आफ्नो छोरीलाई चुनाव जिताउन कांग्रेस संग मिल्ने, आफू चुनाव जित्न एमाले संग मिल्ने प्रचण्ड चाहिं माओवादी हुने । तर हामी आफ्नो बलमा जनताको साथले चुनाव जित्दा माओवादी नहुने ?

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर