सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु – Nepal Press

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमित विरामीको गएराति मृत्यु भएको छ ।

अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो ।

भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

दैलेखमा एकको मृत्यु

कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक पुरुषको आज विहान निधन भएको छ ।

उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतानमा अक्सिजनसहित उपचार गराइए पनि उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर