कोरोना परीक्षण माग गर्दै एमाले सांसदले गरे गण्डकी प्रदेशसभा अवरुद्ध – Nepal Press

कोरोना परीक्षण माग गर्दै एमाले सांसदले गरे गण्डकी प्रदेशसभा अवरुद्ध

बैठक २० मिनेटलाई स्थगित

पोखरा । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् ।

कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ ।

कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सांसद राजीव पहारीले भने ‘कोरोना भाइरसकिो दोस्रो चरण फैलिइरहेको छ । यो एकैचोटी ५०/६० जनामा सर्ने अवस्था छ । कास्कीले हिजोमात्रै निषेधाज्ञा जारी गरेको छ । गम्भीरतापूर्वक लिइयोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर