उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्न सक्ने, भोली तीन सिडीओको छलफल – Nepal Press

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्न सक्ने, भोली तीन सिडीओको छलफल

काठमाडौं । कोभिड-१९ प्रकोप नियन्त्रणका लागि काठमाडौंका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस आज गरेको छ । काठमाडौंका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सयभन्दा बढी संक्रमित छन् ।

सीसीएमसीको बैठकपछि भोली उपत्यकाका तीनजना प्रमूख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय लिने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।

उनले भने, ‘स्थिति भयावह बनिरहेको छ । त्यसैले अब हामी भोली बसेर गम्भिर छलफलपछि आवश्यक निर्णय लिनेछौं ।’
उनले सीसीएमसीको सिफारिसकै आधारमा निषेधाज्ञामा जान सकिने बताए ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने सीसीएमसीको सिफारिसलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि मात्रै आफूहरुले निर्णय लिने नेपाल प्रेसलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर