माओवादी केन्द्र कोरोना नियन्त्रणमा खटिने (भिडियाे) – Nepal Press

माओवादी केन्द्र कोरोना नियन्त्रणमा खटिने (भिडियाे)

काठमाडौं । कोभिड–१९ को संक्रमण बढेको भन्दै नेकपा (माओवादी केन्द्र) यसको नियन्त्रणमा खटिने भएको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोरोनाको दोस्रो लहर तिब्र भएको भन्दै यसविरुद्ध नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

‘अहिले देशमा फेरि कोभिड–१९ को दोस्रो लहरले तिब्र रुप लिन थालेको छ,’ बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘यस सन्दर्भमा हाम्रो पार्टीले आफ्नो पार्टीका नेता कार्यकर्ता र सिंगो कमिटी र पार्टी पङ्तीलाई जनचेतना जागरण, सहजीकरण र सहयोगका काममा संलग्न भएर संक्रमणबाट सिंगो समाजलाई बचाउन निर्देशित गरिएको छ ।’

कोरोना नियन्त्रणका लागि घोषणा गरेको मापदण्ड सरकार आफैंले उल्लघंन गरेको भन्दै माओवादी केन्द्रले दुःख समेत प्रकट गरेको छ । पत्रकारसँग नेता श्रेष्ठले भने, ‘सरकारले आफैँले गरेका निर्णयका विरुद्ध आचरण गरेकोमा सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएको कुराका निम्ति हामीले दुःख पनि प्रकट गरका छौं। र, आफूले घोषणा गरेका सम्पूर्ण आचारणलाई लागू गर्न हामीले आह्वान पनि गरेका छौं ।’

बैठकका ६ कार्यसूची

नेता श्रेष्ठले आजको बैठकमा ६ कार्यसूची परित गरिएको र त्यसमाथि छलफल भएको जानकारी दिए। उनका अनुसार ती कार्यसूची यस्ता छन्।

पहिलो– रिपोर्टिङ (केन्द्रीय कार्यालयबाट अध्यक्ष र विभिन्न जिम्मेवारीमा रहेका स्थायी कमिटी सदस्यको रिर्पोटिङ) ।

दोस्रो– विधान संसोधन प्रस्ताव ।

तेस्रो–यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे ।

चोथो– आगामी केन्द्रीय कमिटीको बैठकबारे।

पाँचौं– वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भको विषय ।

छैटौं– विविध विषय ।

क) सरकारले चालु अधिवेशन अन्त्य गरेको बारेमा ।

ख)कोभिड– १९ को दोस्रो लहरबारे ।

ग) विभिन्न पार्टीबारे भइरहेको राजनीतिक वार्ताबारे ।

बैठक भालि पुनः १ बजे बस्ने छ। नेता श्रेष्ठले केन्द्रीय कमिटी बैठक छिटै बोलाइने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर