संगठन विस्तार गर्न अखिल क्रान्तिकारीले तोक्यो प्रदेश कमाण्डर (नामसहित) – Nepal Press

संगठन विस्तार गर्न अखिल क्रान्तिकारीले तोक्यो प्रदेश कमाण्डर (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियूको राष्ट्रिय सम्मेलन आउँदो असोजमा तोकिएको छ ।

शनिबार बसेको अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय समितिको विस्तारित बैठकले असोज ८ देखि १० गतेसम्म काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको हो।

बैठकले संगठन विस्तार तथा शुद्धीकरणका लागि अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष दिपेश पुनले जानकारी दिए ।

संगठन विस्तार तथा शुद्धीकरणका लागि सातै प्रदेशमा कमाण्डर तोकिएको छ । जसमा प्रदेश १ मा तिलकराज भण्डारी, प्रदेश २ मा दीपक देवकोटा र वागमतीमा उत्तम अधिकारी गण्डकीमा सुरेन्द्र बस्नेत, लुम्बिनीमा ईन्द्र भुसाल, कर्णालीमा दिपेश पुन र सुदूरपश्चिममा विजय गौतम छन् ।

२३ फागुनमा सर्वोच्च अदालतले माउ पार्टी माओवादी ब्युँताउने फैसला गरेपछि चैत १२ मा अखिल क्रान्तिकारीको पदाधिकारी बैठक बसेको छ ।

बैठकले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) पुनःस्थापित हुने र नेतृत्व रञ्जित तामाङले गर्ने निर्णय गरेको थियो । अनेरास्ववियू (क्रान्तिकारी) को तत्कालीन केन्द्रीय कमिटी एक सय ५७ सदस्यीय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर