कांग्रेस संसदीय दलको बैठक शुक्रबार बोलाइयो

२०७७ फागुन १९ गते १०:२७

काठमाडौं । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागुन २२ गते बोलाउने तयारी थालिएको छ । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न बैठक माग भएपछि सभापति देउवाले फागुन २२ गते शनिबार बैठक बोलाउने तयारी गरेका हुन् । फागुन २३ गतेका लागि संसदको बैठक बोलाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर