ओलीले भने- यो सरकार नेपाली जनताका लागि कम्फर्टेबल – Nepal Press

ओलीले भने- यो सरकार नेपाली जनताका लागि कम्फर्टेबल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने चुनावमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने दावी गरेका छन् । साथै, अहिले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको पनि उनले बताए ।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र मुद्दा हाल्न नजाने बताए ।

ओलीले भने, ‘अदालतले संसद ब्यूँतायो त के भयो रु ठिकै छ । प्रमको हिसाबमा मेरो काम अदालतको फैसला कार्यान्वयन गर्ने हो । २३ गते अधिवेसन बस्छ । राम्ररी चलाउने प्रयास हुन्छ । सकारात्मक भूमिका खेल्छु ।’

ओलीले भने, ‘म मुद्दा हाल्न गएको पनि छैन । म राजनीति गर्ने मान्छे हो । दरखास्त हाल्न, निवेदन हाल्न तपाईंहरुकोमा आउँछु । अन्याय भयो भनेर आउँछु । मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशीसाथ हट्छु । तर मलाई हटाउन सजिलो छैन । अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव त हुन्छ । त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु ।’

ओलीले सरकार अरुका लागि कम्फर्टेबल नभइ जनताका लागि कम्फर्टेबल हुनुपर्ने बताए ।

‘नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । जनतालाई रोजगारी दिने, अवास दिने, खानेपानी दिने, विद्यालय दिने, पाठ्यपुस्तक दिने सरकार चाहियो । यो सरकार त्यस्तै छ । यो सरकार जनताका लागि कम्फर्टेकल छ । वि आर कम्फर्टेबल फर नेपाली पिपुल ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर