सुशान्तका को-स्टारले पनि गरे आत्महत्या, ‘एमएस धोनी’मा गरेका थिए अभिनय – Nepal Press

सुशान्तका को-स्टारले पनि गरे आत्महत्या, ‘एमएस धोनी’मा गरेका थिए अभिनय

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको रहस्यमय मृत्युपछि उनका साथी एवं को-स्टार सन्दीप नहरको पनि मृत्यु भएको छ ।

मुम्बइ प्रहरीका अनुसार नहरले फेसबुक भिडियोसहितको सुसाइड नोट लेख्दै आत्महत्या गरेका हुन् । नहरले सुशान्तसँग ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ र अक्षय कुमारसँग ‘केशरी’मा पनि अभिनय गरेका थिए ।

व्यक्तिगत समस्याको कारण आफूले मृत्यु रोजेको उनले सुसाइड नोटमा लेखेका छन् । आफ्नी पत्नी कञ्चनासँग राम्रो सम्बन्ध नरहेको पनि उनले लेखेका छन् । मुम्बइको ओसिवारास्थित निवासमा उनको मृत्यु भएको हो ।

मुम्बइ प्रहरीले घटनाबारे अनुसन्धान गर्न केस दर्ता गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर