प्रहरीलाई योगेश भट्टराईको आग्रह- रामकुमारीको निवासबाट फिर्ता होऊ – Nepal Press

प्रहरीलाई योगेश भट्टराईको आग्रह- रामकुमारीको निवासबाट फिर्ता होऊ

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता योगेश भट्टराईले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरीलाई तत्काल फिर्ता हुन आग्रह गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो आग्रह गरेका हुन् ।

सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै भट्टराईले रामकुमारीको निवासबाट प्रहरीलाई तत्काल फिर्ता हुन अनुरोध गरेका छन् ।

‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए । राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । व्यक्तिगत रूपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ’, भट्टराईले लेखेका छन् ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । झाँक्रीलाई प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ पुर्जी थमाइएको छ ।

उनको निवासबाहिर प्रहरी पुगेपछि कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर